Logo

देउवा र दाहालबीच सिंहदरबारमा भेटवार्ता जारी, मन्त्रालय बाँडफाँडबारे छलफल



काठमाडौं, २९ असार । प्रधानमन्त्रीमा नियुक्त शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता जारी छ । मन्त्रालय बाँडफाँडबारे टुँगो लगाउनको लागि देउवा र दाहालबीच भेटवार्ता जारी छ ।

सिंहदरबारस्थित् कांग्रेस संसदीय दलको कार्यालयमा बैठक जारी छ । उनीहरुबीच सवा १ बजेदेखि छलफल चलेको हो । प्रधानमन्त्रीमा नियुक्त देउवाको आजै सपथग्रहणको कार्यक्रम छ । राष्ट्रपति कार्यालयले आज अपरान्ह ४ बजे सपथग्रहणको कार्यक्रम राखेको छ । देउवाले आजै सानो आकारको मन्त्रिमण्डल बनाउने तयारी गरेका छन् । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot