Logo

केपी ओलीले देशको शीर ढाल्ने काम गरेकोले हामीले सरकार ढालकै हो, यसमा शंका नै छैन : जगन्नाथ खतिवडा (भिडिओसहित)



काठमाडौं, २ साउन । नेकपा (एमाले) का नेता जगन्नाथ खतिवडाले पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकताको लागि गम्भीरता नदेखाएको टिप्पणी गरेका छन् । उनले आफूहरु एकताको लागि अन्तिमसम्म पनि ईमानदार प्रयत्न गर्नेगरि लागिपरेको स्पष्ट पारेका छन् । उनले भने,‘अध्यक्ष कमरेड केपी ओलीको रेस्पोण्ड आजसम्म ठीक छैन् । भोलि ठिक हुन्छ वा हुँदैन, एकदम चाँडै एउटा निर्णयमा पुग्नुपर्ने परिस्थिति छ ।’

आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले अध्यक्ष ओलीले देशको शीर ढाल्ने काम गरेको भन्दै उनलाई छुट दिन नसकिने टिप्पणी गरे । उनले भने,‘संविधान समाप्त गर्नेलाई पनि छुट दिन सकिँदैन नि । अपराध त सबैभन्दा ठूलो अपराध त त्यो होला नि । हामीले देशको लोकतन्त्र र संविधान जोगाउने कष्टमा केपी ओलीको सरकारलाई पराजित गर्नुपर्छ, ढाल्नुपर्छ भनेर सोचेकै हो । यसमा कुनै शंका नै छैन् ।’

उनले आफूहरुलाई आफ्नो पार्टीको सरकार थियो भन्ने अनुभुति पनि नभएको सुनाए । उनले भने,‘हाम्रो पार्टीको आदर्शअनुसार पार्टी चलेको थियो भन्ने पनि अनुभूति थिएन । हामी आँफैले निर्माण गरेको संविधानअनुसार सरकार चल्छ । र, यो संविधान जोगाउँछ भन्ने उसँग अनुकुलता पनि थिएन । उ प्रत्येक कुरा बिगार्दै गएको थियो । त्यसकारण यो सरकारलाई हटाउनुपरेको हो । एमाले नै केपी ओली, केपी ओली नै एमाले कदापि हुन सक्दैन् ।’ नेता खतिवडाले अध्यक्ष ओलीले एकपछि अर्को गरेर एकतर्फी बैठक राखेको पनि सुनाए । उनले हिजोपनि एक्लै बढ्न खोज्दा ओली तनावमा आएको सुनाए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot