Logo

एनएमबी बैंक र समाज कल्याण परिषदबीच डिजिटल भुक्तानीसम्बन्धी सम्झौता



काठमाडौ., ४ साउन । डिजिटल भुक्तानीसम्बन्धी एनएमबी बैंक र समाज कल्याण परिषदबीच सम्झौता भएको छ । परिषदमा आवद्ध नेपालमा कार्यरत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था र सबै सदस्यले परिषदलाई तिर्नुपर्ने सबै भुक्तानीहरू अनलाइनमार्फत् गर्न सकिने व्यवस्था मिलाएको हो ।

परिषदका कार्यालय प्रमुख रामराज भट्टराईले अनलाइन भुक्तानी कार्य गरेकोमा बैंकलाई धन्यवाद दिए । साथै एनएमबि बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुदेश उपाध्यायले नगद सहितबाट नगद रहित समाज निर्माणतर्फ उन्मुख भएको बताए ।

परिषद अन्तर्गत आवद्ध भृकुटीमण्डप परिषरका दुई हजार सदस्यलगायत ५० हजार बढी एनजिओ र दुई सय बढी आइएनजिओले उक्त भुक्तानी प्रणालीबाट लाभान्वित हुने विश्वास लिइएको छ । बैंकले हाल देशभरी १८१ शाखा, १३७ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरबाट सेवा दिदै आएको छ ।



प्रतिक्रिया दिनुहोस्