Logo

यातायात व्यवसायीको आन्दोलनले काठमाडौंमा ठूलो जाम (फोटोफिचर)



काठमाडौं, ७ साउन । यातायात व्यवसायीको आन्दोलनका कारण आज काठमाडौंमा सडक जाम भएको छ । यसले गर्दा यात्रीले ठूलो सास्ती व्यहोर्नुपरेको छ । बिहीबार विभिन्न ७ बुँदे मागसहित यातायात व्यवसायीहरु आन्दोलनमा उत्रिएका हुन् ।

कोभिड–१९ विरुद्धको खोप सबै चालक, सहचालकलाई लगाउनुपर्ने, २० वर्षमाथि पुगेका सबै सवारीको अवधि थप्नुपर्ने, यातायातको भाडा र ट्याक्सीको सुरुवाती कल समायोजन गर्नुपर्ने, सडक कानुन लागु गर्नुपर्ने, मौद्रिक नीतिसम्बन्धी भएको सम्झौता कार्यान्वयन गर्नुपर्ने र यातायातको बिमा छुट गर्नुपर्ने लगायतका माग छन् ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्