Logo

नेपाली कांग्रेस पदाधिकारी बैठक बुढानिलकण्ठमा बस्दै



काठमाडौं, साउन ८ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज शुक्रबार र भोली शनिबार पार्टी पदाधिकारी बैठक बोलाएका छन् । नेपाली कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले अहिले बिहान ९ बजे निजी निवास बुढानिलकण्ठमा पदाधिकारी बैठक बोलाएका हुन् ।

१४ औँ महाधिवेशन तयारीका लागि पदाधिकारीको बैठक बोलाएको कांग्रेस स्रोतले जनाएको छ । यता कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले पार्टीको बैठक सरकारी निवास बालुवाटारमा नगर्ने बताएका छन् । ट्वीटरमामार्फत जानकारी दिदै उनले विगतको गलत–गलत परम्परालाई तोड्दै अबदेखि नेपाली कांग्रेस पार्टीको औपचारिक बैठकहरु प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नगरिने बताएका छन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot