काठमाडौ, ११ साउन । नेपाली कांग्रेस तरुण विभागको युवा उधमशीलता बिकाश तथा प्रशिक्षण समन्वय समितिको केन्द्रिय सदस्यमा स्याङ्जा जिल्लाका लोक विक्रम मल्ल मनोनित भएका छन् । कांङ्ग्रेसका केन्द्रिय सदस्य तथा पुर्व मन्त्री एवं तरुण विभाग प्रमुख शंकर भण्डारीले मल्ललाई मनोनित पत्रसहित जिम्मेवारी दिएका हुन् ।
नेपाली कांग्रेस पार्टी, केन्द्रीय तरुण बिभाग साथै समग्रमा लोकतन्त्रप्रति आस्था राख्ने युवा-तरुणलाई समन्वय गरी गतिशील बनाउन महत्वपुर्ण योगदान रहने बिस्वास गरिएको मनोनयन पत्रमा उल्लेख गरिएको छ । युवाहरुको पछिल्लो समय तरुणमा निकै नै आकर्षकता बढदै गएको भण्डारी बताउछन ।
को हुन त लोक विक्रम मल्ल ?
सानैदेखि नेपाली काङ्ग्रेस तथा तरुणमा आस्था राख्ने मल्ल लामो समय देखी रंगिन दुनियाँमा छन । उनले फिल्मी क्षेत्रमा करिव नौ वर्ष लामो संघर्ष गरेका छन । फिल्मी क्षेत्रमा बिगत ढ बर्ष देखि काम गरिरहेका उनि कलाकार र फिल्म बितरक को काम गर्दछन ।
समाजमा अरु भन्दा पृथक उचाइ बनाउन सफल लोकले यो कोभिडको समयमा निशुल्क भोजन अभियानको नेतृत्व गर्दै दुखी असहाय र पिडामा पिल्सिएका हरेक नागरिकलाई निशुल्क खाना देखि लिएर लत्ता कपडा समेत व्यवस्था गरेका थिए । उनको टिम देशमा आईलागेको विपद महामारिमा पछि नहटेर सेवामा अनवरत रुपमा लागि परिरहयो ।
एबी इन्टरनेशनल (फिल्म बनाउने संस्था) को ब्यानरले सिन्धुपाल्चोक देखि लिएर विभिन्न जिल्लामा आएको विपदमा आफु सक्दो सहयोग गरेको थियो । लोक विक्रम मल्लकै नेतृत्वमा असिम युथ कल्बले केही महिना अघि मात्र उच्च राषी बराबरको भलिबल खेल पनि आयोजना गरेको थियो । उनले नेपाली जन सम्पर्क समिति बहराइन को सह-महामन्त्रि, नेपालि कल्बको खेलकुद सचिब र आघिखोला स्याङजा को सचिब भएर काम गरेका थिए ।
यी र यस्ता कयौ सामाजिक तथा व्यवसायीक काममा जोडिएका छन लोक । तरुण विभागको युवा उधमशीलता बिकाश तथा प्रशिक्षण समन्वय समितिको सदस्यमा मनोनीत भए सङै उनले युवाको हक हितमा आफुले अझै केही गर्ने थप हिम्मत र हौसला प्राप्त भएको बताएका छन ।