![](https://reportersnepal.com/wp-content/uploads/2021/01/mirmire-laghu-768x355.jpg)
काठमाडौं, १४ साउन । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले २० करोड १ लाख ३३ हजार रुपैंया खुद नाफा कमाएको छ । संस्थाले चौथो त्रैमासको सार्वजनिक गरेको विवरणमा उक्त खुद नाफा आर्जन गरेको उल्लेख छ । गत वर्षको तुलनामा यो आम्दानी खुद नाफा तर्फ झण्डै ४८२ प्रतिशत बढि हो ।
आर्थिक वर्षको शुरुवातबाट डेढ सयको हाराहारीमा शाखा प्रमुखहरुलाई व्यवसाय प्रवद्र्धन तथा शाखा व्यवस्थापनको तालिम दिएको छ ।
यस आर्थिक वर्षको लक्ष्य अनुसारको उपलब्धी हासिल गर्नको लागि संस्थाले आर्थिक वर्षको शुरुको दिन बाट अधिराज्यका विभिन्न स्थानमा शाखा प्रमुखहरुलाई भेला पारी व्यवसाय बृद्धि, गुणस्तरीय लगानी, मैत्रीपुर्ण सेवा प्रवाह, जोखिम व्यवस्थापन, तनाव व्यवस्थापन लगायतका विषयहरुमा तालिम दिएको हो ।
साउन १ गते महोत्तरीको बर्दिवासबाट शुरु भएको तालिम कार्यक्रम क्रमशः डडेलधुराको अमरगढी, कैलालीको बौनिया र झापाको बिर्तामोडमा कार्यक्रम गर्दै हिजो बाट चितवनको भरपुरमा तालिम दिएको हो ।