![](https://reportersnepal.com/wp-content/uploads/2021/04/share-red-round-flat-isolated-push-button-vector-9126754-768x758.jpg)
काठमाडौं, १५ साउन । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको लिलामीमा ल्याएको मेरो माइक्रोफाइनान्सको संस्थापक शेयरमा आजसम्म आवेदन दिन सकिन्छ । कम्पनीले यस अघि पनि लिलामीमा विक्री गरी बाँकी रहेको यस कम्पनीको १ लाख ६ हजार ३९ कित्ता संस्थापक शेयर साउन ३ गते आइतवारदेखि पुःन लिलामीमा ल्याएको हो ।
कम्पनीको प्रतिकित्ता ५४१ रुपैयाँ तोकिएको हुनाले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिनेछ । यी शेयर खरिदका लागि साउन १५ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ ।
यी कम्पनीको शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ