Logo

लुम्बिनी प्रदेश सांसद विमला वली पार्टीको सम्पर्क बाहिर, प्रहरी भन्छ नेपालगञ्जमा उपचार हुँदैछ



बुटवल, साउन १६ । लुम्बिनी प्रदेशसभा सदस्य विमला खत्री वली पार्टीको सम्पर्क बाहिर रहेकी छन्। माओवादी केन्द्रले उनी शुक्रबारदेखि पार्टीको सम्पर्कमा नरहेको जनाएको छ।

माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीका अनुसार वलीलाई शुक्रबारदेखि सम्पर्क गर्दा सम्पर्क हुन नसकेको जनाएका छन् ।
पार्टीको आज हुने संसदीय दलको वैठकमा सहभागी हुन शुक्रबारदेखि सम्पर्क गर्दा ओली सम्पर्कमा नआएको केन्द्रले जनाएको छ । माओवादीमुख्यमन्त्री शंकर पोखरेलले विश्वासको मत लिने बताइरहेका बेला सांसद वलीलाई एमालेले प्रलोभनमा पारेको हुनसक्ने आशंका गरिएको छ।

लुम्बिनी प्रदेशमा शंकर पोखरेल सरकार अल्पमतमा छ। जसपामा ३ सांसदको पद गुमेपछि पोखरेलसँग ३८ मत मात्रै छ भने विपक्षी गठबन्धनसँग ४१ मत छ। अल्पमतमा परेपछि पोखरेलले सांसदहरूलाई पद र आर्थिक लोभ देखाएर आफ्नो सत्ता टिकाउने प्रयास गर्दै आएको आरोप छ । दाङ प्रहरीले भने वली उपचारको क्रममा नेपालगञ्जमा रहेको दाबी गरेको छ ।



प्रतिक्रिया दिनुहोस्