एजेन्सी, १६ साउन । जम्मु–कस्मिरको पुलवामा जिल्लामा सुरक्षाकर्मी र हतियारधारी समूहबीच आज बिहानै गोलाबारी भएको छ ।उक्त भिडन्तमा दुई चरमपन्थीको मृत्यु भएको जनाइएको छ ।
पुलवामाको नामिबिया र मार्सरको जंगलमा साथै दाचिगाम क्षेत्रमा चरमपन्थी रहेको सूचना प्राप्त भएपछि सुरक्षाकर्मीले सो क्षेत्रमा घेराउ गरेका थिए । चरमपन्थी समूहको खोजी भइरहँदा उनीहरुले सुरक्षाकर्मीमाथि गोल चलाउन सुरुवात गरेका थिए । उक्त मुठभेडपछि दुई चरमपन्थीको मृत्यु भएको हो ।
पुलवामामा सन् २०१९ को फेब्रुअरी १४ मा जैस–ए–मोहम्मद आतंकवादी समूहका लडाकुले आत्मघाती बम विस्फोटन गराउँदा ४० भारतीय सेनाको ज्यान गएको थियो ।
Op Hangalmarg, #Pulwama.
A Joint Op was launched today morning at Hangalmarg in Dachigam forest, Pulwama based on @JmuKmrPolice inputs. Contact was established.
02 #Terrorists eliminated.
01 AK & 01 M4 recovered.
Joint Op in progress.#Kashmir @adgpi @NorthernComd_IA pic.twitter.com/WGtUU68ndO— Chinar Corps🍁 – Indian Army (@ChinarcorpsIA) July 31, 2021
–Photo: Agency