Logo

भारतमा पछिल्लो २४ घन्टामा थपिए ४१ हजार संक्रमित, ५४१ को मृत्यु



एजेन्सी, १७ साउन । कोरोनाको तेस्रो लहरको आशंका गरिरहेको समयमा भारतमा फेरी संक्रमण बढीरहेको छ । पछिल्लो २४ घन्टामा ४१ हजार भन्दा धेरै संक्रमित थपिएका हुन् ।

स्वास्थ्य मन्त्रालयको केन्द्रिय तथ्यांक अनुसार शनिबार ४१ हजार ८३१ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै, आज ५ सय ४१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । ३९ हजार २५८ जना संक्रमणमुक्त भएका छन् ।

भारतमा हाल ४ लाख ४ हजार ८९४ जना संक्रमित उपचारको क्रममा रहेका छन् भने कुल संक्रमितको संख्या ३ करोड १६ लाख पुगेको छ । हालसम्म ३ करोड ८ लाख संक्रमणमुक्त भएका छन् भने ४ लाख २४ हजार संक्रमितको मृत्यु भएको छ ।

मन्त्रालयको अनुसार सबैभन्दा धेरै केरलमा संक्रिय संक्रमितको संख्या रहेको छ । त्यहाँ पाँचदिन देखि लगातार २० हजार भन्दा धेरै नयाँ संक्रमित थपिदै आएका छन् ।

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot