Logo

कर्णालीमा डुंगा पल्टिँदा तीन बेपत्ता



सुर्खेत, १७ साउन । कर्णाली नदिमा डुंगा पल्टिँदा तीन जना बेपत्ता भएका छन् । आइतबार कैलाली मोहन्याल गाउँपालिका–३ रांगा मलेखाबाट सुर्खेतको चौकुने जाने क्रममा डुंगा दुर्घटना भएको हो । बच्चालाई खोप लगाउन जाने क्रममा कर्णालीमा डुंगा पल्टिएको हो । काठको डुंगामा १० जना सवार रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीका अनुसार डुंगामा सवार १० जनामध्ये तीन जना बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा कैलालीको मोहन्याल गाउँपालिका–३ राघका उर्मिला सलामी, धनी सलामी र धनी सलामीका डेढ महिनाका बच्चा रहेका छन् । पाँच जनाको सकुशल उद्धार गरिएको छ । दुर्घटनामा १९ वर्षीया धनसरा सलामी मगर गम्भीर घाइते छन् ।-File photo



प्रतिक्रिया दिनुहोस्

Screenshot