Logo

आज कोरोना बाट १८ जनाको मृत्यु



काठमाडौं, १७ साउन । नेपालमा आज कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ९ हजार ८ सय ७५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज कोरोना भाइरसका २ हजार ५ सय ६८ जना संक्रमित थपिएसंगै कुल संक्रमितको संख्या ६ लाख ९७ हजार ३ सय ७० पुगेको छ ।

त्यस्तै, आज २ हजार २० जना संक्रमणमुक्त भएका छन् । हालसम्म ६ लाख ५६ हजार १ सय ९७ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार २४ घन्टामा १२ हजार ६ सय ३६ जनाको कोरोना परीक्षणबाट १९८१ जना पिसीआर र ५८७ जना एन्टिजेन विधिबाट संक्रमण पुष्टि भएको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot