Logo

एमाले बैठकमा बामदेव देखि लेखराज सम्म



काठमाडौं, १७ साउन । नेकपा एमालेको स्थायी कमिटी बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्यो । एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको आजको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरु अनुपस्थित रहे । तर, उपाध्यक्ष बामदेव गौतम बैठकमा सहभागी भएका थिए ।

अपरान्ह साँढे ३ देखि पौने ५ बजेसम्म चलेको बैठकमा अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष, बामदेव गोतम, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु प्रसाद पौडेल, स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङ, प्रवक्ता प्रदिप कुमार ज्ञवाली, पार्टी कार्याल सचिव शेरबहादुर तामाङ, नेताहरु बिष्णु रिमाल, छबिलाल बिश्वकर्मा, पृथ्वीसुब्बा गुरुङ, भानुभक्त ढकाल, किरण गुरुङ ,केशव बडाल सहभागी थिए ।

पूर्वमाओवादीबाट एमालेमा रहेका नेताहरु सरामबहादुर थापा बादल र लेखराज भट्ट पनि सहभागी भए । भट्ट एमालेमा नरहेको र माओवादीमै रहेको भन्दै सर्वोच्च अदालतमा सांसद पद पुर्नबहालीका लागि अन्य ३ पूर्वमाओवादी नेतासहित मुद्दा दायर गर्न पुगेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot