Logo

नेपाल रिपब्लिक सहित १० मिडियाले पाए सहुलियत ब्याजदरमा कर्जा



काठमाडौं, २१ साउन । नागरिक दैनिकमा कार्यरत पत्रकारहरु २ वर्षदेखि तलब नदिएको भन्दै केही दिन अगाडी केन्द्रिय कार्यालयमा धर्ना बसेका थिए । रिपब्लिका दैनिक र नागरिक दैनिक संचालन गरिरहेको नेपाल रिपब्लिक मिडिया प्रालिले नेपाल राष्ट्र बैंकले ५ प्रतिशत ब्याजमा २० करोड रुपैयाँ सहुलियत ब्याजमा कर्जा प्राप्त गरेको छ ।

कोभिड–१९ बाट प्रभावित उद्योग व्यवसायलाई ५ प्रतिशत ब्याजदरमा पुर्नकर्जा सुविधा बापत १० मिडिया हाउसले उक्त रकम प्राप्त गरेका हुन् । गत आर्थिक वर्षमा मिडियालाई पनि कोभिड प्रभावित उद्यम व्यवसायमा राष्ट्र बैंकले राखेको थियो ।

सहुलियत ब्याजदर प्राप्त गर्नेहरुमा कामना न्युज पब्लिगेसन प्रालिले ५ करोड ४२ लाख, कान्तिपुर पब्लिगेसन प्रालिले १९ करोड २९ लाख, कान्तिपुर टेलिभिजन नेटवर्क प्रालिले १५ करोड, कान्तिपुर एफएम प्रालिले १ करोड ८८ लाख, जनता प्रशारण तथा प्रकाशन लिमिटेड ६ करोड ६४ लाख, राजधानी न्युज पब्लिगेसन प्रालिले १ करोड ९६ लाख, हिमालयन टेलिभिजन नेटवर्क प्रालिले ११ करोड १९ लाख र नेपला ब्रोडकास्टीङ च्यानल प्रालिले ६ करोड ३ लाख रुपैयाँ रहेको छ ।

 

 



प्रतिक्रिया दिनुहोस्