Logo

सोमिकाले दिईन एकै पटक ५ वटा शिशुलाई जन्म, एक छोरोको मृत्यु चार जना छोरी सकुशल



काठमाडौ, साउन २२ । नुवाकोटकी २८ वर्षकी सोमिका तामाङले एकै पटक ५ वटा शिशुलाई जन्म दिएकी छन्।

तामाङले चार जीवित र एक जना मृत शिशुलाई जन्म दिएकी हुन् । उनी थापाथलीस्थित परोपकार प्रसूति गृहमा शल्यक्रियामार्फत सुत्केरी भएकी हुन।

मृतक शिशु छोरा हुन् भने अन्य चार जना छोरी रहेका छन् । अप्रेशन टोलीका प्रमुख डा कीर्तिपाल सुवेदीलेका अनुसार हाल एक जना शिशुलाई एनआईसीयूमा राखिएको छ तीन वटा शिशुलाई आमाको जिम्मा लगाइसकेको छ ।

एनआईसीयूमा राखेको शिशुको अवस्था समान्य रहेकोे जनाईएको छ । डा.सुवेदीका अनुसार एनआईसीयूमा राखेको बच्चाको तौल आठ सय ग्राम छ भने अन्य तीन जनाको तौल क्रमश १.८, १.९, १.६ ग्राम रहेको छ ।

Photo Source: File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot