Logo

राम्रो समय आउनु अगाडी यस्ता देखिन्छन् संकेत



एजेन्सी, २२ साउन । धनवान हुने प्रायको इच्छा हुन्छ । धनको देवी लक्ष्मीको कृपाले नै धन सम्पत्ति प्राप्त हुन्छ । ज्योतिष शास्त्र अनुसार यस्ता १० शुभ संकेतले तपाईको घरमा महालक्ष्मीको आगमन हुन्छ । र अपार धन प्राप्त हुन्छ ।

१. अचानक घरमा कालो रङको कमिला आएर गोलो बनाएर केही खान लागेमा सम्झनुस तपाईको घरमा महालक्ष्मीको आगमन हुनेछ । र अपार धन थुप्रने छ । यस्ता कमिलालाई शख्खर खान दिनुपर्छ ।

२. यदि तपाईको घरमा कुनै चराचुरुङ्गी आएर गुँड बनाएर बस्छ भने धेरै राम्रो संकेत हो । अब धनको वर्षा हुनेछ ।

३. घरमा अचानक ३ छेपारो एकैस्थानमा देखियो भने धेरै शुभ हुन्छ । यस्तो धनसम्पत्ति बढ्ने लक्षण हो । एक छेपारोको अर्को पछि लागेको देख्नु घरको उन्नतीको संकेत हो । यसैगरी, दिपावलीको दिनमा तुलसीको रुखमा छेपारो देखिएमा अत्यन्तै शुभ मानिन्छ ।

४. यदि दाहिने हत्केलामा लगातार चिलाइरहे धन प्राप्ति हुन्छ ।

५. यदि सपनामा झाडु, लोटोकसेरो, घोडा, हात्ती, शंख, छेपारो, तारा, सर्प देखेमा धन प्राप्त हुन्छ ।

६. बिहानै उठ्दा नै शंखको आवाज सुनेमा र बेलुका पनि सुनेमा महालक्ष्मीको आगमन हुनेछ ।
७. यदि तपाईको घरभन्दा बाहिर उखु देखेमा पनि धन प्राप्ति हुन्छ ।
८. मां लक्ष्मीको बाहन लाटोकसेरो घरको बाहिर धेरै दिन देखेमा महालक्ष्मीको आगमन हुने निश्चित हुन्छ । चाडै नै अपार धन प्राप्ति हुनेछ ।
९. घरबाट बाहिर निस्कदा कुकुरले मुखमा खानेकुरा ल्याएको देखेमा पनि धनलाभ हुने संकेत हो ।
१०. बिहानै घर बाहिर निक्लदा कसैले झाडु लगाएको देखिन्छ र यस्तो लगातार केही दिन सम्म चल्छ भने सम्झनुहोस् अब तपाई चाँडै नै धनवान हुनुहुनेछ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot