Logo

जापानले दिएको एस्ट्राजेनेका खोपको पहिलो खेप नेपाल आईपुग्यो



काठमाडौं, साउन २३ । जापान सरकारले नेपाललाई उपलब्ध गराएको एस्ट्राजेनेका खोपको पहिलो खेप काठमाडौं आइपुगेको छ ।

खोप बोकेको कतार एयरवेजको विमान आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । जापान सरकारले कोभ्याक्स परियोजनामार्फत नेपाललाई अनुदान दिने भनेको १६ लाख डोज खोप मध्ये तीन लाख डोज खोप आज नेपाल आई पुगेको हो । बाँकी करिब ५ लाख डोज आइतबार आइपुग्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

बाँकी ८ लाख खोप भने पानी जहाजमार्फत आउने जापानी दूतावासले जनाएको छ । सरकारले कोरोनाविरुद्धको कोभिसिल्ड खोप लगाएकालाई दोस्रो मात्रा एस्ट्राजेनेकाको खोप दिने निर्णय गरिसकेको छ ।

कोभिसिल्डको पहिलो मात्रा लगाएकालाई जापानले उपलब्ध गराएको खोप लगाउने सरकारको तयारी रहेको छ ।



प्रतिक्रिया दिनुहोस्