Logo

अफगानिस्तानका पाँच प्रान्त तालिवानको नियन्त्रणमा



काठमाडौं, साउन २५ । तालिवान बिद्रोहीले आइतबार एकै दिन तीन प्रान्तीय राजधानी कब्जा गरेको छ । तालिबान बिद्रोहीले रणनीतिक रुपमा महत्वपूर्ण रहेका प्रान्तीय शहरहरु कब्जा गरेका छन् ।

तालिवानले ग्रामीण क्षेत्रमा आफ्नो पकड बनाई सकेका छन् । शहर पसेका तालिवान लडाकुले आइतबार उत्तरी शहर कुन्दुज सहित सर–ए–पुल र तालोक्वानमा नियन्त्रण कायम गर्न सफल रहेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

यो सँगै अहिले सम्म तालिबानले पाँच प्रान्तीय राजधानीमा कब्जा जमाउन सफल भएको छ । यसअघि शनिबार तालिबानले उत्तरी क्षेत्रको जोजन राज्यको राजधानी शबरगान तथा शुक्रबार दक्षिण पश्चिमी प्रान्त निमरोजको राजधानी जारान्ज कब्जामा लिएको थियो ।

अफगानिस्तानबाट अमेरिकी तथा अरु विदेशी सैनिक फिर्ता हुने थालेपछि त्यहाँ हिंसा बढ्दै गएको छ । २० वर्षको सैन्य अभियानपछि अमेरिकी तथा नेटोमा आवद्ध सैनिकहरु आउँदो सेप्टेम्बर ११ सम्ममा अफगानिस्तानबाट बाहिरिँदै छन् ।

तालिवान र सरकारी सुरक्षाबल बिचको भिडन्तका कारण यो वर्ष मात्रै हजारौँ सर्वसाधारण बिस्थापित भएका छन् ।



प्रतिक्रिया दिनुहोस्