Logo

काठमाडौंमा उपत्यकामा १० हजार ६ सय कोरोना संक्रमित उपचाररत



काठमाडौं, २६ साउन । पछिल्लो २४ घन्टामा कोरोना भाइरसका नयाँ ३६ सय ५१ जना संक्रमित थपिएसँगै नेपालमा कुल संक्रमितको संख्या ७ लाख १७ हजार ४ सय ८६ पुगेको छ । काठमाडौं उपत्यकामा मात्र सोमबार ९ सय ५१ जना थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हिजो थपिएका मध्ये काठमाडौंमा मात्रै ६ सय २४ जनामा संक्रमण पुष्टि भएको हो । यसैगरी भक्तपुरमा १७० जना र ललितपुरमा १६५ जनामा संक्रमण पुष्टि भएको हो । हाल काठमाडौं उपत्यकामा मात्रै १० हजार ६ सय ९५ जना सक्रमितको उपचार भैहरेको मन्त्रालयले जनाएको छ ।

काठमाडौं जिल्लामा मात्रै १९ सय ८६ जनाको कोरोना संक्रमणबाट निधन भएको छ । त्यस्तै, २ लाख १३ हजार १३६ जना निको भएका छन् भने हालसम्म २ लाख २२ हजार ६ सय ९७ जना संक्रमित भएका छन् । हालसम्म ७ हजार ५ सय ७५ जना संक्रमितको उपचार भैरहेको मन्त्रालयले जनाएको छ ।

यसैगरी, भक्तपुरमा ३ सय ९७ जनाको संक्रमणबाट मृत्यु भएको छ । हाल १३ सय ६५ जना संक्रमितको उपचार भैरहेको छ । २५ हजार ३४५ जना संक्रमित मध्ये २३ हजार ५८३ जना निको भएका छन् ।

मन्त्रालयको अनुसार ललितपुरमा १७ सय ५५ जना संक्रिय संक्रमितको संख्या रहेको छ । ४२ हजार संक्रमित मध्ये ४० हजार सक्रमण निको भएका छन् । ६०९ जना संक्रमितको मृत्यु भएको छ ।



प्रतिक्रिया दिनुहोस्