Logo

प्राधिकरणमा कुलमानको ‘कमब्याक’: केहिबेरमा नियुक्तिपत्र दिईदै



काठमाडौं, साउन २७ । सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई आजै नियुक्त गर्ने तयारी गरेको छ । सोमबारको बसेको मन्त्रिपरिषद्‌ बैठकले घिसिङलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

उक्त निर्णयको व्यहोरा मन्त्रिपरिषद्‌को कार्यालयबाट मंगलबार साँझ ऊर्जा मन्त्रालयमा पुगेको थियो । स्रोतका अनुसार अहिले १० बजे सोेहि व्यहोराको आधारमा धिसिङलाई नियुक्त गर्ने तयारी भईरहेको छ । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी अधिकृतमा कुलमान घिसिङ नियुक्त भएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको प्रस्ताव मन्त्रीपरिषद्ले पास गरेपछि घिसिङलाई कार्यकारी अधिकृतमा नियुक्त गर्न लागिएको हो ।

मन्त्री भुसालको प्रस्तावमा नै प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई सम्मानजनक ढंगले जल तथा ऊर्जा आयोगमा पठाइएको छ । शाक्यको सम्मानजनक बहिर्गमनका लागि प्राधिकरणमा खाइपाइ आएको तलब सुविधा उपलब्ध गराउने तयारी गरिएको छ ।

मन्त्री भुसालले यसअघि नै शाक्यलाई बोलाएर विकल्पको विषयमा छलफलसमेत गरेकी थिइन् । मन्त्रीले नै प्राधिकरणको कार्यकारी अधिकृतमा घिसिङलाई ल्याउन चाहेपछि कार्यकारी अधिकृत शाक्यले सार्वजनिक रूपमा सम्मानजनक रूपमा अन्यत्र पठाए आफू जान तयार भएको अभिव्यक्ति दिएका थिए ।

कार्यकारी प्रमुख शाक्यले मंगलबार प्राधिकरणमा पुगेर विभागीय प्रमुखलगायतसँग भेटघाट गरी बिदा लिईसकेका छन् ।प्राधिकरणको नेतृत्वमा रहेका बेला लोडसेडिङ अन्त्य गरेसँगै चर्चामा आएका घिसिङलाई कार्यकारी निर्देशक पदमा दोहो¥याउनुपर्ने चर्को दबाबबीच पनि एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले उनलाई दोहो¥याएको थिएन ।



प्रतिक्रिया दिनुहोस्

Screenshot