Logo

सेक्स भिडियो लिक भई भाइरल हुँदा भोजपुरी नायिका मधुले के के भनिन्



एजेन्सी, ३० साउन । भोजपुरी चलचित्रकी चर्चित नायिका त्रीसा कर मधु सेक्स भिडियो लिक भई भाइरल भएपछि तनावमा छिन् । उनले सामाजिक सञ्जालमा निरन्तर फरक प्रतिक्रिया दिइरहेकी छिन् । सामाजिक सञ्जालमा हिन्दीमा लेख्दै कहिले भगवानको नाम लिएकी छिन् त कहिले टिकटक बनाएर पीडा र आक्रोश पोखिरहेकी छिन् ।

मधुले एउटा टिकटकमा भनेकी छिन् ,’तल्ला मान्छेले नै तल्लो तहको व्यवहार देखाउँछ ।’ उनले टिकटकमा भावुक गीतहरु बनाएकी छिन् ।

फेसबुक एकाउन्टमा मधुले आक्रोश पोख्दै भोजपुरी फिल्म उद्दोगमा कोहीपनि दुधले धोएको नभएको लेखेकी छिन् । उनले लेखेकी छिन्, ‘फोजपुरी फिल्म उद्दोगमा कोही पनि दुधले धोएको छैन ।’
हिन्दीमा ट्वीट गर्दै ईश्वरले सधै हेरिरहेको लेखेकी छिन् । आफूलाई गिराउनका लागि गोप्य भिडियो भाइरल बनाएको लेखेकी छिन् । उनले लेखेकी छिन्, ‘यदि तिम्रो बहिनी कसैसँग विवाह गरिन् र सुहागरातको भिडियो भाइरल बनाइदिए राम्रो हुन्छ हो ?’

फेसबुकमा उनले लेखेकी छिन्, ‘विहारमा यस्ता घटिया मान्छे पनि छन् भन्ने थाहा थिएन ।’

मधुको सेक्स भिडियो लिक भएपछि उनले मोबाइलबाट हटाउन अनुरोध समेत गरेकी छिन् । उक्त भिडियोमा उनी गम्भीर अवस्थामा छिन् । उनको साथमा एक पुरुष छन् । जो उनको केटा साथी खुलेको चर्चा छ ।

२७ वर्षीया बँगाली मूलकी त्रीसा कर मधु बोल्ड भूमिकाका कारण चर्चित छिन् । उनी सामाजिक सञ्जालमा पनि उत्तिकै चर्चित छिन् ।

साना स्क्रिनको हम हे हिन्दुस्तानी सिरियलबाट भोजपुरी चलचित्र क्षेत्रमा डेब्यु गरेकी मधु पछिल्लो समय ठूला स्क्रिनमा पनि छाइरहेकी छिन् । दुल्हन गँगा पारके, जाने दुश्मन र मुक्कदर जस्ता चलचित्र प्रदर्शनमा आउँदैछन् ।

कतिपयले मधुले चर्चामा आउन आफैले सेक्स भिडियो लिक गरेको आरोप लगाएका छन् । सेक्स भिडियो भाइरल भएपछि मधु सामाजिक सञ्जालहरुमा बढी खोजिएकी छिन् । उनी निकै चर्चित भएकी छिन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot