Logo

‘ढाँडमा टेकेर टाउकोमा हान्ने’ प्रचण्डको रणनीति फेरि चर्चामा



काठमाडौं, ३० साउन । प्रचण्डले विगतमा खुबै भन्ने गरेको ढाँडमा टेकेर टाउकोमा हान्ने रणनीति फेरि चर्चामा आएको छ । निकै कमजोर हालतमा पुगिसकेका प्रचण्डले यही रणनीतिले पुनः शक्ति सञ्चय गरेको चर्चा छ । जसलाई लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री शंकर पोखरेलले पनि उल्लेख गरेका छन् ।

पोखरेलले प्रचण्डले ढाँडमा टेकेर टाउकोमा हान्ने रणनीति नछाडेको बताएका छन् । उनले भनेका छन्, ‘प्रचण्डले माधव नेपालको ढाडमा टेकेर केपी ओलीको टाउकोमा हान्ने कोशिश गर्नुभयो ।’ अहिले प्रचण्डले ढाडमा टेकेर टाउकोमा हान्न खोज्दाको अवस्था रहेको समेत बताए ।

लुम्बिनीको मुख्यमन्त्रीबाट राजीनामा दिएपछि पोखरेलले पहिलोपटक प्रचण्डबारे कडा टिप्पणी गरेका हुन् । उनी ओली समूहका प्रभावशाली नेता मानिन्छन् ।

प्रचण्ड रणनीतिः ढाडमा टेकेर टाउकोमा हान्ने



प्रतिक्रिया दिनुहोस्