Logo

बाबुरामले सरकारलाई भने : अफगानिस्तानमा सुरक्षा संकटमा परेका नेपालीलाई तुरुन्त स्वदेश फर्काउनुपर्छ



काठमाडौं, ३१ साउन । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले अफगानिस्तानमा सुरक्षा संकटमा परेका हजारौं नेपाली कामदारलाई तुरुन्तै स्वदेश फर्काउन सरकारसमक्ष माग गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत उनले यस्तो आग्रह गरेका हुन् ।

उनले भनेका छन्,‘अफगानिस्तानमा सुरक्षा संकटमा परेका१४हजार बढी नेपाली कामदारलाई तुरून्त स्वदेश फर्काउन सरकारले आलटाल÷वहानावाजी गर्नुभएन। पहिलो त त्यस्ता द्वन्दग्रस्त ठाउककमा आफ्ना नागरिकलाई पठाउन र जाने वातावरण बनाउनै हुककदैनथ्यो।गैसकेपछि तिनको जीवनरक्षा गर्नु राज्यको दायित्व हो। किन्तुपरन्तु नहोस्!’ विभिन्न देशले अफगानिस्तानमा फसेका आफ्ना नागरिकलाई स्वदेश फर्काउने काम गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot