Logo

ट्रम्पले मागे राष्ट्रपति वाइडेनको राजीनामा



एजेन्सी, ३२ साउन । अमेरिकाका निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति जोय वाइडेनको राजीनामा मागेका छन् । उनले अफगानिस्तान मामलामा वाइडेन असफल भएको भन्दै राजीनामा मागेका हुन् ।

ट्रम्पले वाइडेनको चर्को आलोचना समेत गरेका छन् । अफगानिस्तानमा तालिवानले द्रुत गतिमा नियन्त्रण बढाउँदै काबुल समेत कब्जा जमाउनुमा वाइडेनको नीति जिम्मेवार रहेको आरोप समेत लगाए ।

गत वर्षको राष्ट्रपति निर्वाचनमा ट्रम्प वाइडेनसँग पराजित भएका थिए । अमेरिकामा नरमपन्थी डेमोक्रयाट्स वाइडेन गरमपन्थी ट्रम्पभन्दा निकै कम मतान्तरले विजयी भएर चर्चामा आएका थिए । तर, अफगान नीतिमा अमेरिका नराम्रो धक्का खान पुगेपछि वाइडेन आलोचित भएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot