एजेन्सी, ३२ साउन । अफगानिस्तानको काबुल एयरपोर्टमा गोली चल्दा पाँच जनाको मृत्यु भएको छ । तालिवानले अफगानिस्तानको राजधानी काबुल कब्जा गरेलगत्तै काबुल छाड्नेको भिड अनियन्त्रित भएपछि गोली चलेको थियो ।
गोली चल्दा मृत्यु भएका ५ जनाको शव तत्काल निकालिएको थियो । काबुलको एयरपोर्टमा विमान चढ्नेको भीड छ । भीड बढेर अनियन्त्रित भएपछि कतिपय उडान रद्ध गरिएका छन् । काबुल एयरपोर्टमा अमेरिकाको नियन्त्रण रहेको छ । भिड अनियन्त्रित भएपछि त्यहाँ अमेरिकी सेनाले काबुल एयरपोर्टमा गोली चलाउदा, पाँच जनाको मृत्यु भएको छ।
आइतबार तालवानले अफुगानिस्तानको राजधानी काबुल पसेर सिंगो देशमा नियन्त्रणको घोषणा गरेको थियो । अमेरिकी अधिकारीको भनाईलाई अन्तर्राष्ट्रिय माध्यमहरुले लेखेको छ,‘पश्चिमी कुटनितिज्ञहरुलाई सुरक्षीत ढंगले एयरपोर्ट पुर्याइएको छ । उनीहरुलाई अमेरिकी सुरक्षाको निगरानीमा रहेका छन् । अमेरिका लगायत ६० देशका नागरिकलाई त्यहाँबाट निकाल्ने प्रयास गरिरहेका छौँ ।’-Photo: Agency