Logo

रिम्सविरुद्धको खेलमा मेस्सीले पीएसजीबाट डेब्यू गर्दै



काठमाडौं, १ भदौ । अर्जेन्टिनी स्टार खेलाडी लियोनल मेस्सीले पेरिस सेन्ट जर्मेन (पीएसजी)मा रिक्सविरुद्धको खेलबाट डेब्यू गर्ने भएका छन् । मेस्सी हालै स्पेनिस क्लब बार्सिलोनाबाट पीएसजीमा आएका थिए ।रिम्सविरुद्धको खेल आगामी अगस्ट २९ मा रिम्सकै घरेलु मैदानमा हुने छ । मेस्सीले हालै पीएसजीसँग दुई वर्षका लागी सम्झौता गरेका छन् ।

पीएसजीले अहिलेसम्म दुई खेल खेलीसकेको छ । मेस्सी अनुबन्धीत भएपछि पीएसजीले एक खेल खेलेको हो । तर, मेस्सी भने टीममा परेका थीएनन् । अब भने मेस्सीलाई पीएसजीको जर्सीमा खेलेको हेर्ने उनका फ्यानहरुको सपना पूरा भएको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot