Logo

रसियामा ६६ लाख कोरोना संक्रमित, मृत्यु हुनेको संख्या कति ?



काठमाडौं, ३ भदौ । कोरोना भाइरसको दोस्रो भेरियन्ट बढेसँगै विश्व हाल संकटमा गुज्रिरहेको छ । विश्वभर २१ करोड १ लाख ४१ हजार बढी कोरोना संक्रमितको संख्या रहेको छ । त्यस्तै, ४४ लाख ६ हजार बढीको मृत्यु भएको वल्डोमिटरले जनाएको छ ।

अमेरिकामा हालसम्म ३ करोड ८० लाख संक्रमित रहेका छन् भने ६ लाख ४१ हजारको निधन भएको छ । भारतमा पनि ३ करोड २३ लाख बढी कोरोना संक्रमित भएका छन् भने हालसम्म ४ लाख ३३ हजार बढीको मृत्यु भएको छ ।

त्यस्तै, ब्राजिलमा २ करोड ४५ लाख संक्रमित मध्ये ५ लाख ७१ हजार ७ सय ३ जनाको संक्रमणबाट मृत्यु भएको छ । ५ लाख २३ हजार ५ सय २८ जना उपचारको क्रममा छन् ।

यसैगरी, रसियामा ६६ लाख ६३ हजार ४ सय ७३ जना संक्रमित मध्ये १ लाख ७२ हजार ९ सय ९ जनाको हालसम्म मुत्यु भएको छ । त्यस्तै, ५९ लाख ३९ हजार ३७ जना संक्रमणमुक्त भएका छन् । २३ सय जनाको गम्भिर अवस्थामा उपचार भैरहेको छ भने ५ लाख ५१ हजार जना उपचारको क्रममा रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्