काठमाडौं, ८ भदौ । निर्वाचन आयोगले नयाँ दल दर्ताको लागि निवेदन दिएका माधव कुमार नेपालसहित नेताहरुलाई सनाखतको लागि भोलि विहान ११ बजेदेखि दिउँसो २ बजेसम्म आउन समय दिएको छ । नेपालले आफ्नो नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ताको लागि आयोगमा निवेदन दिएका थिए ।
उक्त निवेदनअनुसार सनाखतको लागि आयोगले भोलिको लागि बोलाएको हो । दल विभाजनसम्बन्धी आएको अध्यादेशअनुसार केन्द्रीय कमिटी वा संसदीय दलमध्ये एकमा २० प्रतिशत संख्या भए पुग्नेछ । नेपाल पक्षले भने आफूहरुसँग ३० भन्दा बढि सांसद र ५५ भन्दा बढि केन्द्रीय सदस्य रहेको दाबी गरेको छ ।
माधव नेपालले भने : अष्टलक्ष्मी शाक्य मेरै चाहना र सुझावअनुसार मुख्यमन्त्रीमा जानुभएको हो