Logo

कोरोनाबाट विश्वभर ४४ लाख ६१ हजारको मृत्यु



एजेन्सी, १० भदौ । कोरोना भाइरसका कारण हालसम्म विश्वभर ४४ लाख ६१ हजार ७७० जना संक्रमितले ज्यान गुमाइसकेको बताइएको छ ।जोन्स होप्किन्स युनिभर्सिटीले सो तथ्याङ्क सार्वजनिक गरेको हो ।

जोन्स होप्किन्स युनिभर्सिटीका अनुसार हालसम्म विश्वभर ४४ लाख ६१ हजार ७७० जना संक्रमितले ज्यान गुमाइसकेका छन् भने २१ करोड ३८ लाख ४ हजार २७९ जनामा संक्रमण पुष्टि भइसकेको छ ।भाइरसबाट सबैभन्दा धेरै प्रभावित मुलुक अमेरिका रहेको बताइएको छ । अमेरिकामा हालसम्म ६ लाख ३२ हजार २२३ जना संक्रमितले ज्यान गुमाइसकेको तथ्याङ्क रहेको छ ।

अमेरिकापछि ब्राजिलमा ज्यान गुमाउनेको संख्या धेरै रहेको छ । ब्राजिलमा हालसम्म ५ लाख ७६ हजार ६४५ जनाले ज्यान गुमाइसकेका छन् ।त्यसैगरी भारत संक्रमितका हिसाबले विश्वको दोस्रो र मृत्युका हिसाबले तेस्रो स्थानमा छ । भारतमा हालसम्म ४ लाख ३५ हजार ७५८ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

यसैगरी मेक्सिकोमा २ लाख ५४ हजार ४४६, पेरुमा १ लाख ९७ हजार ९४४, रुसमा १ लाख ७५ हजार ३२८, बेलायतमा १ लाख ३२ हजार ३२३, इटालीमा १ लाख २८ हजार ९१४ र कोलम्बियामा १ लाख २४ हजार ४७४ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्