Logo

‘जेल, मृत्यु वा विजयमध्ये एक भोग्न सक्छु’



एजेन्सी, १३ भदौ । ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारो निकै अलोकप्रीय बन्दै गएका छन् । उनलाई आगामी राष्ट्रपतिको निर्वाचन गर य मर बनेको छ । उनले चुनावमा पराजित भए कि मृत्युवरण गर्ने कि जेल जानुपर्ने सम्मको अवस्था आउनसक्ने भविष्यवाणी गरेका छन् ।

उनले आफूसँग भविष्यमा तीनवटा विकल्प रहेको बताएका छन् । शनिबार भएको सत्तारुढ दलका नेताहरुसँगको बैठकमा आफूू अगामी दिनमा जेल सजाय भोग्न सक्ने, मृत्यु भोग्न सक्ने वा अगामी चुनावमा विजय हासिल गर्नैपर्ने बाध्यतामा रहेको बताएका हुन् ।

बोल्सोनारोको भनाईलाई उदृत गर्दै अल्जजीराले लेखेको छ,‘मेरो भविष्यबारे तीनवटा विकल्प देखेको छु । तीन विकल्पमध्ये जेल सजाय, मृत्यु वा चु्नावमा विजय हुनै पर्ने देखिरहेको छु ।’ उनले पहिलो विकल्प कुनैपनि हालतमा नहुने समेत दाबी गरेको छन् ।

बोल्सोनारोले भने,‘मलाई कसैले पनि धम्की दिन सक्दैन् ।’ राष्ट्रपति बने लगत्तै इलोक्ट्रोनिक भोटिङमा उनले धाँधली गरेको आरोप छ । उनले उक्त ओरोपको खण्डन समेत गरका छन् । उनको भनाईलाई उदृत गर्दै अल्जजीराले लेखेको छ,‘बिना कुनै प्रमाण इलोक्ट्रोनिक भोटिङमा धाँधली भएको भन्न मिल्दैन् ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्