Logo

आइफोनमा देखिएको समस्या एप्पलले निशुल्क बनाइदिने



एजेन्सी, १३ भदौ । पछिल्लो समय ‘आइफोन–१२’ का केही मोडलमा समस्या देखिएको थियो जसलाई एप्पलले अब निशुल्क बनाइदिने भएको छ । ‘आइफोन–१२’ र अन्य केही मोडलमा साउन्ड सिस्टममा समस्या देखिएको थियो । फोन गर्दा वा उठाउँदा आवाज राम्रोसँग नसुनिने समस्या रहेको आइफोन प्रयोगकर्ताहरुको गुनासो रहेको थियो ।

एप्पलले यी लगायतका समस्यालाई मध्यनजर गर्दै ‘आइफोन–१२’ र ‘आइफोन–१२ प्रो’ को लागि सर्भिस प्रोग्राम आयोजना गरेको छ । प्रोग्राम अन्तर्गत कम्पनीले यी दुई मोडलमा आएका समस्या निशुल्क बनाइदिने एप्पलले जनाएको छ ।

‘आइफोन–१२’ एण्ड ‘आइफोन–१२ प्रो’ सर्भिस प्रोग्राम फर नो साउन्ड इस्यू’ प्रोग्राममा सन् २०२०को अक्टोबर र सन् २०२१ को अप्रिल महिनाबीच उत्पादन भएका ‘आइफोन–१२’ र ‘आइफोन–१२ प्रो’ मोडललाई मात्र निःशुल्क सुविधा दिने एप्पलले बताएको छ ।

कम्पनीको प्रोग्राम विवरण भएको एक दस्तावेजअनुसार ‘आइफोन–१२’ र ‘आइफोन–१२ प्रो’का निकै थोरै प्रतिशत मोडलमा भएको एक कम्पोनेन्ट कारण फोनको साउन्ड समस्या आउन सक्छ । र यसले गर्दा फोनको साउन्ड सिस्टमबाट आवाज आउँदैन ।

यदी कसैको ‘आइफोन–१२’ र ‘आइफोन–१२ प्रो’मा यो समस्या देखिएको छ भने आफ्नो फोन एप्पल वा एप्पल आधिकारिक सेवा प्रदायकमा लगेर निःशुल्क बनाउन सकिने एप्पलले जनाएको छ । यो प्रोग्राममा ‘आइफोन–१२ मिनी’, ‘आइफोन–१२ प्रो म्याक्स’ र अन्य आइफोन मोडलहरु समावेश नहुने बताइएको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot