Logo

स्रोत नखुलेको नगदसहित २ जना पक्राउ



पर्सा, १४ भदौ । स्रोत नखुलेको नगदसहित २ जना पक्राउ परेका छन् । पर्साको जगरनाथपुर गाउँपालिका २ बाट स्रोत नखुलेको नगद १० लाख ६३ हजार ६ सय २० नेपाली रुपैयाँ र १ हजार ६ सय भारतीय रुपैयाँ सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा भारत बिहार पश्चिम चम्पारण ईनर्वा बजार बस्ने ४५ वर्षीय बृजकिशोर गिरी र पर्सा धोबिनी गाउँपालिका २ गुलरिया टोल बस्ने ५० वर्षीय रामपुकार पटेल रहेका छन् ।

भारतबाट नेपालतर्फ आउँदै गरेको नम्बर प्लेट नभएको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय जानकीटोलाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा २ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले मोटरसाइकलको सिट मुनि लुकाई ल्याएको उक्त स्रोत नखुलेको रुपैयाँ सहित फेला पारि मोटरसाइकल चालक गिरी र मोटरसाइकल सवार पटेललाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot