एजेन्सी, १५ भदौ । अमेरिका तालिवानसँग सहकार्य गर्न तयार रहेको अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लीनकनले बताएका छन् । तालिवानलाई अमेरिकाले विश्वास नगरेपनि उक्त समूहले वाशिङटनको हितमा कार्य गरे अमेरिकापनि सहकार्य गर्न तयार रहेको विषयलाई अमेरिकी विदेशमन्त्रीले सोमबार बताएका हुन् ।
उनको भनाईलाई उदृत गर्दै सञ्चारमाध्यम तासले लेखेको छ,‘अफगानिस्तानको अगामी दिनलाई मध्यनजर गरी तालिवानले यदी वाशिङटनको हितमा कार्य गरे हामी पनि सहकार्य गर्न तयार छौँ । तालिवानले अफगानिस्तान कब्जा गरेपछि अन्तराष्ट्रिय समूदायसँग सहकार्य गर्ने आव्हान गरेको थियो ।’
तालिवान समूहले स्टेटमेन्ट भन्दा पनि एक्सनमा कार्य गर्ने गरेको समेत विदेशमन्त्रीले बताए । त्यसैले अमेरिका र अफगानिस्तानबीच सम्बन्ध बनाउन तालिवानले त्यहाँका नागरिकहरुको हक अधिकार सुनिश्चीत गर्नुपर्नेमा समेत उनले जोड दिएका थिए ।-Photo: Agency