Logo

वोमी र सुर्योदय लघुवित्त गाभिदै, दुई संस्थाबीच हस्ताक्षर सम्पन्न



काठमाडौं, १६ भदौ । वोमी लघुवित्त वित्तीय संस्था र सुर्योदय लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिने भएका छन् । मंगलबार यी दुई संस्थाबीच गाभ्ने गाभिने तथा एक्जिशन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

संस्थाको अनुसार सम्झौतापश्चात मर्जरपछि संस्थाको नाम सुर्योदय वोमी लघुवित्त वित्तीय संस्था हुने र स्वाप रेसियो तय गरी आगामी पुस मसान्तसम्म मर्जर प्रक्रिया सम्पन्न गर्ने सहमति भएको हो ।

मंगलबार मर्जर कमिटि समेत गठन भएको छ । संयुक्त मर्जर कमिटिमा वोमीको तर्फबाट कृष्णराज सिलवाल, नरेन्द्र प्रसाई, र शिवप्रसाद मिश्र रहेका छन् । त्यस्तै, सूर्योदय लघुवित्तको तर्फबाट अनन्त कुमार श्रेष्ठ, गुडाखर सापकोटा र एक बहादुर गोदार रहेका छन् ।

हाल वोमी लघुवित्त वित्तीय संस्थाको केन्द्रिय कार्यालय काभ्रेको बनेपामा रहेको छ । सुर्योदय लघुवित्त वित्तीय संस्थाको केन्द्रिय कार्यालय पुतलीबजार स्याङजामा रहेको छ ।

 



प्रतिक्रिया दिनुहोस्