Logo

पत्नी र दुई बच्चालाई घरभित्र गाडेको रहस्य ३ वर्षपछि यसरी खुल्यो



एजेन्सी, १७ भदौ । एकजना महिला र उनका दुई बच्चा तीन वर्षयता हराए । उनीहरुको खोजबिन भयो । तर, भेटिएनन् ।

आफन्तर प्रहरीमा उजुरी दिए । धेरै प्रयास भयो । आखिर महिला र उनका दुवै बच्चाको तीनवर्ष अगाडि नै हत्या भइसकेको खुल्यो । हत्यापछि उनीहरुलाई घरभित्रै गाडिएको रहेछ ।

यो घटना भारतको नयाँ दिल्ली नजिकैको नोयडामा भएको हो । जहाँ तीनवर्ष ३४ वर्षीय पुरुषले घरभित्र आफ्नै श्रीमती र दुई बच्चालाई गाडेको थिए । उनलाई नोयडा प्रहरीले बुधबार गिरफ्तार गरेको छ ।

नोयडा प्रहरीको भनाईलाई उदृत गर्दै टाइम्स अफ इिन्डियाले लेखेको छ,‘सन् २०१८ मा राकेश नाम गरेको पुरुषले घरको भुइँतल्लामा परिवारलाई गाडेका थिए । श्रीमती रतनेश र बच्चाहरुको अर्पित र अभ्नीको हत्या गरेका थिए

उनले आफ्नो परिवारका सदस्यलाई गाडेपछि आफ्नो साथीको हत्या गरेका थिए । हत्यापछि साथीलाई समेत गाडेर परिचय पत्रलाई उनकै सामु फालिदिएका थिए ।

हत्याका अभियुक्तका पिता रिटार्यर प्रहरी समेत थिए । दुवै जनाले मिले उक्त घटनालाई समाज र प्रहरीसित तीन वर्ष सम्म लुकाउन सकेका थिए । उनको अन्य परिवारका सदस्यहरुले आफ्नो परिवार हराएको उजरी समेत प्रहरी चौकीमा दिएका थिए ।

राकेश भने नाम परिवर्तन गरी भारतको विभिन्न राज्यमा बस्दै आएका थिए । उनको साथीको शव प्रहरीले फेला पारेपछि राकेशका बुबाले उक्त शरीर आफ्नो छोरोको भन्दै दाबी गर्न पुगको विषयलाई टाइम्स अफ इन्डियाले लेखेको छ । उनले आफ्नो छोराका वचाऊ गर्न साथीको शवलाई आफ्नो छोराको शव भन्दै प्रहरी कहाँ पुगेको जनाइएको छ ।

विभिन्न प्रयत्न पछि प्रहरीले राकेशलाई विभिन्न नामले अन्य ठाउँहरुमा बसकोे पत्ता लगायो । प्रहरीले राकेशसहित उनका पितालाई हिरासतमा लिएको छ । दुवै जनालाई प्रहरीले गाडेको ठाउँमा लगी शव फेला पार्न सफल भए । तीन वर्ष देखि गाडिएको शवको कंकाल मात्र प्रहरीले फेला पार्न सफल भयो । उनीहरुको डिएनए परिक्षण भएको छ । शवलाई गाडी सिमेन्ट लगाइएको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्