Logo

नेपाल–भारत भीड्दै, नेपालको प्लेईङ-११ नाम सार्वजनिक



काठमाडौं, २० भदाै । भारतविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा नेपालले आफ्नो प्लेईङ सेटमा तीन परिवर्तन गरेको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले  पहिलो मैत्रीपूर्ण खेलबाट तीन खेलाडी परिवर्तन गरेका हुन् ।

पहिलो मैत्रीपूर्ण खेलबाट नवयुगको स्थानमा आशिष लामा,  अन्जन बिष्टको स्थानमा मनिष डांगी र सुमन अर्यालको स्थानमा  सुजल श्रेष्ठले स्थान बनाएका छन् । पहिलो मैत्रीपूर्ण खेलमा नेपाल र भारतले  १-१ को बराबरी खेलेका थिए ।

गोलरक्षक : किरण चेम्जोङ

डिफेण्डर : गौतम श्रेष्ठ, अनन्त तामाङ, दिनेश राजबंशी, पुजन राजबंशी,

मिडफिल्डर : सुजल श्रेष्ठ, तेज तामाङ, सुमन लामा, मनिष डांगी, आयुष घलान

स्ट्राइकर : नवयुग श्रेष्ठ



प्रतिक्रिया दिनुहोस्