काठमाडौं, २१ भदौ । साताको कारोबारको दोस्रो दिन आज नेप्से भारी अंकले बढेको छ । नेप्से आज १६१ दशमलव ९४ अंकले बढेर २९ सय ८० दशमलव ७८ विन्दु कायम भएको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि आज ३१ दशमलव ४१ अंकले बढेर ५५३ दशमलव ४० विन्दुमा रोकिएको हो ।
नेप्सेको अनुसार आज २२४ कम्पनीको १ लाख ९ हजार १८२ पटक कारोबार भएर ९ खर्ब ८२ करोड ६२ लाख २२ हजार ८०७ रुपैयाँ बराबरको १ करोड ७९ लाख २२ हजार ५ सय ८८ कित्ता शेयर किनबेच भएको छ ।