Logo

न्युटनका संघर्षशिल जीवन कहानीः पिताको मृत्युपछि आमाले साथ छोडिन्, पत्नीले छोडेर जाँदा पनि हार मानेनन् बने महान वैज्ञानिक



एजेन्सी, २१ भदौ । आइज्याक न्युटनले गुरुत्वाकर्षणको नियम र गतिको सिद्धान्तको आविष्कार गरेका थिए । उनी एक महान गणितज्ञ, भौतिक वैज्ञानिक, ज्योतिष एवं दार्शनिक पनि हुन् ।

उनले नयाँ सिद्धान्त प्रतिपादन गरेपनि उनको वास्तविक जीवन निकै भने निकै संघर्षमा बित्यो ।  उनले गरेको संघर्ष जोकोहीले भोगेका छैनन् सायद । उनको जन्म समय नपुग्दै भएको थियो । उनी जन्मदा निकै कमजोर थिए । उनी जन्मिएको ३ महिनापछि उनका पिताको देहान्त भएको थियो । पतिको मृत्यु भएको ३ महिनापछि उनकी आमाले पनि दोस्रो विवाह गरीन् । उनको पालनपोषण हजुरआमाले गरिन् । उनी जब ठुलो हुँदै गए तब सौतेलो पिता र आफ्नै आमालाई मन पराउन छाडे । एक गाउँको विद्यालयमा उनी पढ्न जान्थे । उनी १५ वर्षको हुँदा सौतेलो पिताको पनि देहान्त भयो । सौतेलो बाबुको निधनपछि उनलाई विद्यालय छुटाएर खेतमा काम गर्न आमाले लगाइन् र तर, उनलाई खेतमा कामा गर्न मन लागेन । उनी आफैले शिक्षकसँग सहयोग मागे र पुनः विद्यालय जान सुरु गरे ।

धेरै संघर्षमय जीवनपछि उनी एक युवतीको मायामा परे । त्यत्तिबेला उनको उमेर १९ वर्षको मात्र थियो । उसैसँग विवाह पनि गरे तर चाडैनै उनलाई छाडेर पत्नी पनि गइन् । त्यसपछि उनले कहिल्यै विवाह गरेनन् ।

तर, सबैले छाडेपनि उनी आफु हारेको महसुस गरेनन् आफ्नो पढाई अगाडी बढाइरहे । पछि उनले गुरुत्वाकर्षणको नियम र गतिको सिद्धान्तको आविष्कार गरे । उनलाई संसारले चिन्यो । न्युटन एक महान गणितज्ञ, भौतिक वैज्ञानिक, ज्योतिष एवं दार्शनिक पनि भए ।



प्रतिक्रिया दिनुहोस्