Logo

एमाले सांसदहरुले दिए सभामुखको राजिनामा माग्न सुझाव



काठमाडौं, २३ भदौ । नेकपा (एमाले) सांसदहरुले सभामुख अग्निप्रसाद सापकोटाको राजिनामा माग्नुपर्नेमा जोड दिएका छन् । बुधबार  बसेको एमाले संसदीय दलको बैठकमा  सांसदहरुले सापकोटाको राजिनामा माग गर्नुपर्नेमा जोड दिएका हुन् ।

सांसदहरुले सभामुखले देखाएका चरित्र ठिक नभएको र गैरकानुनी भन्दै राजिनामा माग गर्नुपर्ने धारणा राखेका हुन् । एमसीसी पारित गर्न नहुने पनि उनीहरुले सुझाव दिएका छन् । सभामुखको विरोधमा आजको प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्नुपर्ने समेत सांसदहरुले सुझाव दिएका छन् ।

तस्विरः मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम

 



प्रतिक्रिया दिनुहोस्