Logo

बैदेशिक लगानी बढाउन सरकार तयार छः देउवा



काठमाडौं, २३ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय प्राथमिकताका योजनाहरुमा लगानीको वातावरण बनाउन सरकार तयार रहेको बताएका छन् । लगानी बोर्डको दसौं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले वैदेशिक लगानी बढाउन सरकार सकरात्मक रहेको भन्दै वातावरण तयार गर्न लगानी बोर्डलाई निर्देशन दिएका हुन् । ।

उनले बैदेशिक लगानी बढाउन तयार गर्न बोर्डलाई निर्देशन दिँदै आवश्बक सहयोगको लागि सरकार प्रतिवद्ध रहेको समेत बताए । उनले भने,‘लगानीका लागि अवरोध आएमा सरकार सहजीकरण गर्न तयार छ । नेपालकै पुँजीले मात्र देशको विकास गर्न सकिदैन ।’ उनले बैदेशिक लगानीका लागि सबै लगानीकर्ताहरुलाई समेत आह्रान गरे ।

प्रधानमन्त्री देउवाले नेपालले लिएको दिगो विकासको लक्ष्य प्राप्तिका लागि राष्ट्रिय प्राथमिकताको योजना र क्षेत्रहरुमा लगानी बढाउनुपर्नेमा उनले जोड दिए । File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot