Logo

कोरोनाबाट थप १४ जनाको मृत्यु



काठमाडौं, २४ भदौ । कोरोना संक्रमणबाट आज थप १४ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या १० हजार ९ सय ३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घन्टामा नेपालमा कोरोना भाइरसका १ हजार २ सय ७१ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ७ लाख ७४ हजार ५ सय ८७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसैगरी, आज १ हजार ८ सय ४५ जना संक्रमणमुक्त भएका छन् ।

हालसम्म ७ लाख ३५ हजार ६ जना संक्रमणमुक्त भएका छन्। मन्त्रालयको अनुसार आज मन्त्रालयको अनुसार आज ११ हजार ९ सय ४४ जनाको परीक्षण उक्त संक्रमण पुष्टि भएको हो ।-File photo



प्रतिक्रिया दिनुहोस्