काठमाडौं, २४ भदौ । नेपालको चार दिने भ्रमणमा रहेकी एमसीसीकी उपाध्यक्ष फातिमा सुमारले जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादवसँग भेटवार्ता गरेकी छिन् ।
आजमात्रै नेपाल आईपुगेकी सुमारले जसपाका नेताहरुसँग भेटवार्ता गरेकी हुन् । भेटवार्ताबारे जानकारी गराउँदै डा. भट्टराईले छलफल उपयोगी भएको प्रतिक्रिया दिएका छन् ।
उनले टिव्टरमा लेखेका छन्-“नेपाल भ्रमणमा रहेका MCC का उपाध्यक्ष र सहायक उपाध्यक्षसंग उपयोगी छलफल! प्रमुख दलहरूवीच सहमति गरेर आवस्यक निर्णय गरिने जानकारी !”
सुमारले आज अपरान्ह २ बजे प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग र साँझमा नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव कुमार नेपालसँग भेटवार्ता गरेकी थिईन् । Photo Source: Baburam Bhattarai/Twitter