Logo

प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै



काठमाडौं, भदौ २५ । प्रतिनिधिसभाको नवौँ अधिवेशनको चौथो बैठक आज बस्दैछ। दिउँसो १ बजे बस्ने बैठकमा आर्थिक, राष्ट्र ऋण उठाउने, विनियोजन लगायत एक दर्जन अध्यादेश पेश गर्ने सम्भावित कार्यसूची छ।

नवौँ अधिवेशन बुधबार सुरु भएको थियो। नवौं अधिवेशनअन्तर्गतको पहिलो, दोस्रो र तेस्रो बैठकमा प्रमुख प्रतिपक्षी एमालेका सांसदले नाराबाजी गरेका थिए। नाराबाजीका बीच राजनीतिक दलसम्बन्धी अध्यादेश पेस भएको थियो।



प्रतिक्रिया दिनुहोस्