Logo

अक्षय कुमार ५४ वर्षमा लागे, आमाको निधनले यसवर्ष जन्मदिन नमनाउने



एजेन्सी, २५ भदौ । बलिउड अभिनेता अक्षय कुमारको आज ५४औं जन्म दिन हो । उनी आजबाट ५४ वर्षमा प्रवेश गरेका छन् । उनले यसवर्षको जन्मदिन नमनाउने भएका छन् । भर्खरैमात्र उनको आमाको क्यान्सरबाट ७७ वर्षको उमेरमा मृत्यु भएको थियो ।

अक्षय प्राय आफ्नो दमदार एक्सन, फाइट र कमेडीको टाइमिङको लागि निकै चर्चामा रहन्छन् । अक्षय कुमारको प्रेम अफेयर्सको बारेमा सबैलाई थाहा छ । उनको दिल केही मात्रामा तोड्नुमा कलाकार ट्विकंल खन्नाको हात रहेको छ । तर अक्षय कुमार जोसँग पहिलो पटक डेट गएका थिए ती युवतीले उनलाई छाडेकी थिइन् ।

एक कार्यक्रमको क्रममा अक्षयले सबैभन्दा पहिलो प्रेमिका शर्मिला भएको बताएका थिए । उनले ती युवतीसँग जम्मा ३ पटक डेटिङ गएको बताएका छन् । उनले एक पटक फिल्म हेर्न र एक पटक रेष्टुरेन्टमा सँगै गएको समेत कार्यक्रममा उल्लेख गरेका छन् । अक्षयले घुम्न जाँदा एकपटक पनि युवतीको हात आफुले नसमातेको र आफु नजिक हुन नसक्दा युवतीले छाडेको समेत बताएका छन् ।

अक्षयले आफ्नो कुरा सधै स्पष्टसँग राख्ने गर्छन् । उनले आफ्नो जीवनका बारेमा खुलेर सधै कुरा गर्छन् । फिल्म क्षेत्र आउनु भन्दा उनले पहिला मार्सल आटर््सको पनि तालिम लिएका थिए ।



प्रतिक्रिया दिनुहोस्