Logo

नेपालले अमेरिकालाई हरायो



काठमाडौं, भदौ २९ । नेपालले अमेरिकालाई पाँच विकेटले हराएको छ । आईसीसी विश्व क्रिकेट लिग–२ अन्तगर्त आज सम्पन्न पहिलो एकदिबसीय खेलमा नेपालले अमेरिकालाई पाँच विकेटले हराएको हो । नेपालको अन्तर्राष्ट्रिय एकदिबसीय खेलमा अमेरिकामाथि यो लगातार तेस्रो जित हो । यसअघि नेपालले घरेलु मैदानमा खेलिएको पछिल्लो दुई खेलमा समेत अमेरिकालाई हराएको थियो ।

अमेरिकाले प्रस्तुत गरेको २३१ रनको लक्ष्य नेपालले खेल सकिन एक ओभर बाँकी छदा मात्र पाँच विकेटको क्षतिमा पुरा गर्यो । नेपालको जितमा रोहित पौडेलले अविजित ६२ रनको पारी खेले ।

जितका लागि मात्र तीन रन आवश्यक छदा बिनोद भण्डारीले ‘रिभर्स स्वीप’ खेल्ने क्रममा ३७ रनको ब्यक्तिगत् योगफलमा अमेरिकी विकेटकीपरको हातमा क्याच थमाए । १४५ रनमा चार विकेट गुमाउँदा दबाबमा आएको नेपाली पारीलाई रोहित पौडेल र बिनोद भण्डारीको जोडीले जित नजिक डोरयायो । दुबैजनाले पाँचौं विकेटका लागि ८३ रनको साझेदारी गरे ।

बिनोदले ४८ बलमा दुई चौका र एक छक्काको सहयोगमा ३७ रनको योगदान दिदा रोहितले अविजित ६२ रनको योगदान दिए । उनले ८७ बलको सामना गर्दै दुई चौका र तीन छक्का लगाए । रोहितले ४७ औं ओभरको दोस्रो बलमा छक्का लगाउँदै आफ्नो अद्र्धशतक पुरा गरे । रोहितले अन्तर्राष्ट्रिय एकदिबसीयमा लगातार आफ्नो दोस्रो अद्र्धशतक पुरा गरे। यसअघि उनले पपुवान्यूगिनी विरुद्धको दोस्रो एकदिबसीय खेलमा समेत अद्र्धशतक पुरा गर्दै ८६ रनको पारी खेलेका थिए ।

ओपनर कुशल भुर्तेल र आशिफ शेषले ६६ रनको साझेदारी गर्दा नेपालले औसत लक्ष्य पछ्याउने क्रममा उत्कृष्ट सुरुवात गर्न पुग्यो । आशिफ शेषले २३ रन बनाएर पेभेलियन फर्किए। अर्का ओपनर कुशल भुर्तेलले भने ९३ बलको सामना गर्दै तीन चौका र तीन छक्काको सहयोगमा ८४ रनको उत्कृष्ट पारी खेले । उनले अन्तर्राष्ट्रिय एकदिबसीय खेलमा आफ्नो पहिलो अद्र्धशतक लगाए।कप्तान ज्ञानेन्द्र मल्ल १७ र कुशल मल्ल एक रन बनाएर पेभेलियन फर्किदा नेपाली पारी दबाब आएको थियो ।



प्रतिक्रिया दिनुहोस्