Logo

कन्हैया कुमार कम्युनिस्टबाट कँग्रेस बन्दै



एजेन्सी, ३१ भाद्र । जेएनयूका पूर्वविद्यार्थी नेता कन्हैया कुमार कम्युनिस्टबाट कँग्रेस बन्ने भएका छन् । भारतीय कम्युनिस्ट पार्टीका नेता रहेका कन्हैया कँग्रेस आईमा प्रवेश गर्न लागेका हुन् ।

कँग्रेस आईमा प्रवेशका लागि कन्हैया कुमारले राहुल गान्धीसँग महत्वपूर्ण भेटवार्ता गरेको इन्डियन एक्सप्रेसले जनाएको छ । कन्हैयालाई लोकसभा चुनावमा विहारबाट प्रतिष्पर्धा गर्दा कँग्रेस आईले सघाएको थियो ।

कम्युनिस्ट पार्टीमा कन्हैया कुमारले निसास्सिएको महशुश गरेको उनीनिकट स्रोतलाई उदृत गर्दै इन्डियन एक्सप्रेसले लेखेको छ । उनले विहारमा महत्वपूर्ण भूमिका खोजेका छन् । कँग्रेस आई उनलाई विहारमा विशेष भूमिका दिन तयार देखिएको बुझिएको छ ।

जेएनयूका पूर्व विद्यार्थी नेता कन्हैया कुमार लोकप्रीय मानिन्छन् । उनीमाथि जेएनयूको विद्यार्थी नेता हुँदा देशद्रोहको अभियोग लागेको थियो । उक्त घटनाले उनी निकै लोकप्रीय भए ।

भारतमा कम्युनिस्ट पार्टी कमजोर हुँदा कन्हैया कुमारले राजनीतिक भविष्यका लागि कँग्रेस रोज्न लागेको विश्लेषण भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot