Logo

सिआइएले भन्यो– अल–कायदा अफगानिस्तानमा पुनः संगठित हुँदै



एजेन्सी, ३१ भदौ । अफगानिस्तानमा अल–कायदा पुनः संगठित भइरहेको अमरिकी गुप्तचर निकाय सिआइएले जनाएको छ । निकायले बुधबार उक्त विषयको जानकारी गराएको हो ।

तालिवानले अफगानिस्तान कब्जा गरेपछि अल–कायदाको केही गतिविधि त्यस क्षेत्रमा देखा परेको कारण सिआइएले उक्त विषयलाई सार्वजनिक गरेको छ । सिआइएका उप–निर्देशक डेभिड कोहेनको भनाईलाई उदृत गर्दै टाइम्स अफ इिन्डयाले लेखेको छ,‘हाम्रो विशेष रिपोर्ट अनुसार अल–कायदाले अफगानिस्तानमा आफ्नो गतिविधि बढाइरहेको छ ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot