१ असोज: चिनियाँ राष्ट्रपति सी चिनफिङले शुक्रबार सांघाई सहयोग सङ्गठन (एससीओ) को बैठकलाई सम्बोधन गर्दै निकटका समुदाय बीच साझा भविष्य निर्माण आग्रह गरेका छन् । उनले सांघाई सहयोग सङ्गठन मार्फत् विश्वको स्थायी शान्ति र साझा समृद्धिमा ठूलो योगदान दिन जोड दिएका छन् ।
राष्ट्रपति सीले भिडियो लिंक मार्फत् एससीओको राष्ट्र प्रमुखहरूको परिषद्को २१ औं बैठकलाई सम्बोधन गर्दै यस्तो टिप्पणी गरेका हुन्।-सिन्ह्वा/Photo: Agency