Logo

तीन चिनियाँ अन्तरीक्षयात्री ९० दिनपछि फर्किए



एजेन्सी, १ असोज । अन्तरीक्षको ९० दिनको यात्रा पूरा गरी फर्किएका छन् । उनीहरु एउटै मिसनमा ९० दिन रहेर फर्किदै किर्तिमान राख्न सफल भएका छन् ।

गोबी मरभूमीमा शुक्रबार तीनैजनाले सकुशल अवतरण गरिसकेको चिनियाँ अन्तरीक्ष एजेन्सीले जनाएको छ । अन्तरीक्ष यात्री नि हाइसेङ, लिउ बोमिङ र ताङ होङबोले सफलतापूर्वक अन्तरीक्षको यात्रा गरेका थिए ।

पृथ्वीमा फर्कदा एकजना अन्तरीक्षयात्री होङबो पेनसँग खेलिरहेको देखिन्थ्यो । सेन्जो १२ मिसनमा उनीहरु अन्तरीक्षमा गएका थिए ।-Photo Source: xinhua



प्रतिक्रिया दिनुहोस्